दफा ११
कर छुट हुने
यस ऐनको अन्य दफाहरुमा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका सवारी साधनमा कर लाग्ने छैन:-
(क) नेपाल सरकारको नाममा दर्ता भएको ।
(ख) कुटनैतिक सुविधा प्राप्त व्यक्ति वा नियोगको नाममा दर्ता भएको ।
(ग) नेपाल सरकारले कर नलाग्ने गरी सम्झौता गरेका विदेशी नागरिक वा आयोजना र अन्र्तराष्ट्रिय संस्थाको नाममा दर्ता भएको ।
(घ) गाउँपालिका, नगरपालिका वा जिल्ला सभाको नाममा दर्ता भएको।
(ङ) मुनाफा गर्ने उद्देश्य नभएको नेपाल सरकारबाट स्वीकृति प्राप्त सामाजिक, धार्मिक वा शिक्षण संस्थाको नाममा दर्ता भएको ।
(च) सवारी साधन बिग्रेको वा अन्य कुनै कारणबाट सो सवारी साधन चलाउन नपाएको भनी नेपाल सरकारले ठहर्याएको कुनै व्यक्ति वा संस्थाको नाममा दर्ता भएको ।